कोरोना विरुद्ध बनाइएको कोषमा पुनर्बीमा कम्पनीद्धारा १ करोड सहयोग घोषणा

६ बर्ष अगाडि

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले कोरोना भाइरस रोकथामका लागि बनाइएको बिशेष कोषमा रु. १ करोड १ लाख ११ हजार १११ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष महेश कुमार गरागाईंले उत्तः कोषमा यतिका रकम सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
नेपाल पुनर्बीमा कम्पनी नेपालको एक मात्र रि इन्स्योरेन्स कम्पनी हो ।
कोरोना भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै उक्त कोष खडा गरेको थियो । हाउ उक्त कोषमा बिभिन्न धनाढ्य व्यक्ति, फाउडेशन, बैंकहरुले सहयोग गर्दै आएका छन् । बीमा कम्पनीहरु मध्ये सहयोग घोषणा गर्नेमा पुनर्बीमा कम्पनी पहिलो कम्पनी हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया