फोटो खिच्नका लागि पीपीई दुरूपयोग नगरौँ, साँच्चै महामारी हुँदा पीपीई नहुने अवस्था आउन सक्छ : मन्त्रालय

६ बर्ष अगाडि

सरकारले विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्न पर्ससन प्रोटेक्सन इक्वीपमेण्ट (पीपीआई) दुरुपयोग नगर्न स्वास्थ्कर्मीलाई आग्रह गरेको छ । 

कतिपय स्वास्थ्यकर्मीले आवस्यकता नभएपनि फोटो खिचाउनकै लागि पीपीई लगाउने गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारले यस्तो आग्रह गरेको हो । 

सामाजिक सञ्जालमा एउटा मात्र नमुना संकलन गर्न छ जना स्वास्थ्यकर्मीले पीपीआई फोटो खिचाएको र  पीपीआई लगाएर बाहिरका मानिसहरूसँग खिचेकाे फोटो सार्वजनिक भएको थियो । 

‘हामीले पीपीई अत्यान्तै दुःख गरेर संकलन गरेर पठाएका छौं, अहिले यसरी प्रयोग गर्ने हो भने साँच्चै महामारी हो भने हामी पीपीई नहुने अवस्थामा पुगेका छौ’ स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने ‘सरकारले गाईडलाईन बनाएको छ, सोही अनुसार प्रयोग गर्न अनुरोध गर्दछु ।’ 
 

६ बर्ष अगाडि

प्रतिक्रिया