बैंकहरुले लिन चाहेनन् राष्ट्र बैंकको निक्षेप, पर्याप्त आवेदन नआएपछि पुनः सुचना प्रकाशित

६ बर्ष अगाडि

काठमाडौं – प्रर्याप्त आवेदन नआएपछि नेपाल राष्ट्र केही दिन अघि लगानी सम्बन्धी निकाले सुचना पुनः प्रकाशित गरेको छ । राष्ट्र बैंकले बिभिन्न कोषमा भएको रकमलाई बैंक तथा वित्तिय संस्थामा रू. १ अर्ब ९५ करोड १२ लाख निक्षेपको रुपमा लगानी गर्ने भनेको थियो । राष्ट्र बैंकले त्यसका लागि गत चैत १० गते सुचना निकाल्दै चैत १४ गतेसम्म शिलवन्धी दरभाउपत्र सम्बन्धी फारम भरेर आवेदन दिन बैंक तथा वित्तिय संस्थालाई अनुरोध गरेको थियो । तर, त्यो समयमा पर्याप्त आवेदन नआएपछि राष्ट्र बैंकले पुनः सुचना निकाले हो । नयाँ सुचनाअनुसार अव बैंक तथा वित्तिय संस्थाहरुले चैत १९ गतेसम्म यसमा आवेदन दिएर निक्षेप रकम लिन सक्ने छन् । 
 
केन्द्रीय बैंकले आफ्नो बिभिन्न कोषमा रहेको ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । 
केन्द्रिीय बैंक २०७७ बैशाख २ गतेदेखि २०७८ बैशाख १ गतेसम्मको अवधीका लागि उक्त निक्षेप लगानी गर्ने बताइएको छ । उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले शुक्रबार अपरान्ह १२ः३० बजेसम्म शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम राष्ट्र बैंकमा निवेदन दिनुपर्ने बताइएको छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरूमा १ अर्ब ५६ करोड ११ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड २६ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ९ करोड ७५ लाख रूपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ । 

राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ । यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया