नयाँ गभर्नर ल्याउन ढिलाई, बल्ल बन्यो छनोट समिति

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएको करिव दुई हप्ता भइसक्यो । सरकारले नयाँ गभर्नर छनोटका लागि बल्ल छनोट समिति गठन गरेको छ । 
हाल डेपटी गभर्नर चिन्तामणी सिवाकोटी नै कार्यवाहक गनर्भर भएर राष्ट्र बैंकको नेतृत्व गरिरहेका छन् । तर, सरकारले नयाँ गभर्नर ल्याउन ढिलाई गरेको देखिन्छ । कोरोनाको प्रकोपले गर्दा पनि यसमा ढिलाई भएको बताइएको छ । 
 सरकारले गभर्नर  सिफारिस गर्नको लागि केही दिन भएको मन्त्रिपरिषद्को बैठकले  अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्यको  रुपमा रहेको बताइएको छ । 
अब समितिले ले ३ जनालाई गभर्नरका लागि सरकार समक्ष सिफारिस गर्छ । त्यसमा एक जना डेपुटी गभर्नरको नाम हुनै पर्छ । त्यसपछि मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर बनाउने छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया