नेपाल प्रहरीसँगको सहकार्यमा एनआईसी एशिया बैंकद्वारा दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि रू.पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण

६ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाइ नेपाल प्रहरीसँगको सहकार्यमा राहत सोरुप  एनआईसी एशिया बैंकले रु. पाँच लाख बराबरको चामल, तेल,नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत ी रोशन कुमार न्यौपान र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।

यस विपतको घडिमा बैंकले ।ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ  । कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।  साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।  

त्यस्तै ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया