बेतलवी विदा लिएर बसेका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले श्रमिकले चैत महिनाको पूरै तलब पाउने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पूर्ण रुपमा बन्द भएका दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने मजदुरलाई चैत महिनाको पूरै तलब दिनुपर्ने निर्णय गरको हो ।
कोरोना भाइरस (कोभिड–१९) कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको कारण धेरैजसो होटल, ट्राभल एजेन्सी लगायतका पर्यटन क्षेत्रले कर्मचारीलाई बेतलबी बिदा दिएका छन् ।
तर, बेतलवी विदा दिएका पर्यटन क्षेत्रमा काम गरेका सबैलाई चैत महिनाको पूरै तलब दिनुपर्ने निर्णय गरको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।
‘यसरी श्रमिकलाई ज्याला भुक्तानी गर्न ति प्रतिष्ठानहरुले व्यवसाय सञ्चालन नभएसम्मका लागि प्रतिष्ठान स्तरको कल्याणकारी कोष उपयोग गर्नसक्ने निर्णय गरिएको छ’, उनले भने । ।
त्यसरी पारिश्रमिक दिँदा रोजगारदाताले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया