८ महिनामा ६० अर्ब बीमाशुल्क उठ्योः कुन कम्पनी कुन स्थानमा ?

६ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालु आथिक बर्षको फागुनसम्म रू. ६० अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका छन् । नेपालमा सञ्चालित २० जीवन बीमा कम्पनीले यतिका बीमाशुल्क संकलन गरेका हुन् । 
उक्त कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क मध्ये रु. २० अर्ब ५६ करोड प्रथम बीमाशुल्क रहेको छ । यस्तै, बैदेशिक रोजगार बीमा मार्फत रु. १ अर्ब ६० करोड बीमाशुल्क संकलन भएको छ । यसैगरि बीमालेख नविकरण गरेर रु. ३९ अर्ब ३६ करोड बीमाशूल्क संकलन भएको छ । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार जीवन बीमाको व्यवसाय पछिल्लो समय बढ्दै गएको देखिन्छ ।
पछिल्लो समय जीवन बीमाको व्यवसाय बढ्दै गएको समितिका अधिकारीहरु बताउछन् । कम्पनीहरु बीच बढ्दो प्रतिस्पर्धा, बीमा जनचेतना र कम्पनीको शाखा बढ्दै गएपछि यसको व्यवसाय बढ्दै गएको समितिको भनाइ छ ।
तथ्यांकअनुसार सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफले रु. १८ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ । 
यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले रु. ९ अर्ब ६८ करोड बीमाशुल्क संकलन गरेको छ  । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाले रु. ६ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेको छ । 
यस्तै, नयाँ बीमा कम्पनी तर्फ युनियन लाइफ अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रु. ३ अर्ब १० करोड बीमाशुल्क संकलन गरेको छ । जुन  १० नयाँ कम्पनीहरु मध्ये सबैभन्दा बढी हो । यस्तै, समग्र बीमा कम्पनीहरूको तुलनामा पनि युनियन लाइफले पाचौं नम्बरमा रहेको देखिन्छ । 

कुन कम्पनीमा कति बीमाशुल्कः

६ बर्ष अगाडि

प्रतिक्रिया