सरकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गर्नेलाई आयकर घटाउन पाउने सुविधा दिएको छ ।
मन्त्रीपरिषदको बैठकले उपचार कोषमा योगदान गरेको रकम करयोग्य आयको गणना गर्दा घटाउन पाउने र कट्टी गरी सरकारलाई रकम बुझाए हुने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।
त्यसका लागि संघ र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गरेको हुनुपर्ने छ ।
त्यस्तै सरकारले सरकारले कोरोना भाइरसको काराणले व्यवसायमा व्यवधान आएपछि कर तिर्नुपर्ने समय थप गरेको छ ।
मन्त्री परिषदको फागुन महिनाको मासिक, माघ र फागनुको द्वैमासिक र दोस्रो चौमासिकको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र विवरणबमोजिमको कर दाखिला गर्ने समय ०७७ वैशाख २५ गतेसम्म बुझाउन पाउने व्यवस्था गरेको छ ।
त्यस्ते आय कर ऐन २०५८ बमोजिम ६ महिनाको अग्रिम कर कट्टी र बुझाउनुपर्ने विवरण समयको समय २०७७ बैशाख २५ गतेसम्म थप गरिएको छ ।
आयकर ऐनअनुसार चैत महिनामा बुझाउनुपर्ने आव ०६६÷७७ को कर विवरण र दोस्रो किस्ताको रकम दाखिल गर्ने रकम पनि बैशाख मसान्तसम्म थप गरिएको जनाइएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्ने विवरणको समय ०७७ वैशाख मसान्तसम्म कायम गर्ने र प्राइभेट फर्म नवीकरणको पनि ०७७ बैहाखसम्म गर्न पाइने व्यवस्था गरेको प्रवक्ता खतिवडाले बताए ।
प्रतिक्रिया