लिभरपुललाई उपाधि सुम्पनु पर्ने धारणा

५ बर्ष अगाडि

कोरोना भाईरसका कारण इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजन त्यतिकै अन्त्य भए लिभरपुललाई उपाधि सुम्पनु पर्ने धारणा विपरित क्लबका खेलाडीले राखेका छन् । म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनु पर्ने बताए ।

‘एउटा खेलाडीको नाताले अहिलेको अवस्थामा लिभरपुललाई उपाधि सुम्पदा उचित हुन्छ । अहिलेको अवस्थामा लिभरपुल उपाधि हकदार हो र उसलाई च्याम्पियन बनाउँदा फुटबलमा न्याय हुन्छ,’ गुन्डोगानले भने । उनले सिजनको त्यतिकै अन्त्य भएका खराव नतिजाबाट गुज्रिएर लेरिगेसनका पर्न लागेका क्लबलाई भने सिजन त्यतिकै अन्त्य भए सुखको क्षण हुने बताए ।

साविक विजेता सिटी अहिले लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुल सिटीभन्दा २५ अंकले अगाडी छ । लिभरपुलले अब तीन खेल जिते उपाधि जित्ने छ । ३० बर्षपछि प्रिमियर लिगको उपाधि चुम्ने लक्ष्यमा रहेको लिभरपुललाई कोरोनाका कारण सबैभन्दा मर्का परेको छ ।

कोरोकाका कारण इङ्ल्यान्डमा सबै खाले फुटबल गतिविधि अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । यो क्रम अझै बढ्ने देखिएको छ । प्रिमियर लिग र भावी रणनितिको विषयमा अप्रिल ३ मा बस्ने क्लबहरुको बैठकले थप निर्णय लिने बताईएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया