काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा उत्पन्न उत्पन्न पछिल्लो परिस्थीलाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले राहत प्याकेज घोषणा गरेको छ । राष्ट्र बैंकले बिशेष गरि कर्जालाई प्राथमिकतामा राखेर आइतबार १९ वुँदे राहत प्याकेज घोषणा गरेको हो ।
कोरोना भाइरसका कारण नेपालको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तिय क्षेत्र समेम प्रभावित भएपछि राष्ट्र बैंक सबै प्रकारका वित्तिय संस्थालाई उक्त व्यवस्थाहरु लागू गर्न निर्देशन पनि दिएको छ ।
बिशेषगरि चैत महिनामा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ता (त्रेडिट कार्ड समेत) कोे भुक्तानी असार मसान्तसम्म तिर्न सकिने व्यवस्था गरिएको छ । साथै, उक्त किस्तामा कुनै किसिमको थप शुल्क वा जरिवाना पनि लिन नपाइने राष्ट्र बैंकको भनाइ छ । यसैगरि किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो बर्गमा बर्गीकरण पनि गर्नुपर्ने बताइएको छ ।
धेरै व्यवसायीले बैंक मार्फत नै कर्जा लिएर व्यवसाय सुरु गरेका थिए । तर, कोरोनालले व्यवसाय ठप्प भएपछि व्यवसायीले कर्जामा सहुलियत दिनुपर्ने बताएका थिए । सोही मागअनुसार नै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
यस्तो छ अन्य सुविधा
प्रतिक्रिया