चैतमा तिर्नुपर्ने कर्जा असारमा तिरेपनि जरिवाना नलाग्ने, चैतमै तिरे १० प्रतिशत छट

६ बर्ष अगाडि

 नेपाल राष्ट्रबैंकले विभिन्न बैंकबाट कर्जा लिएकाहरुले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारेको छ । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेकोर ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेको भन्दै कर्जालिनेहरुका लागि सहुलियत घोषणा गरेको हो । 

राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । 

यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’ शिवाकोटीले भने । 

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । 
साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया