८ महिनामा पौने १८ अर्ब निर्जीवन बीमाशुल्क संकलनः कुन कम्पनीको कति

६ बर्ष अगाडि

काठमाडौं – निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको ८ महिनामा रु. १७ अर्ब ८८ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार फागुनस मसान्त कम्पनीहरुले यतिका मात्रामा बीमाशुल्क संकलन गरेका हुन् ।
हाल नेपालमा २० जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तर, राष्ट्रिय बीमा कम्पनीले अझै पनि बीमा समितिमा ८ महिनासम्मको तथ्यांक बुझाएको छैन । 
तथ्यांकअनुसार सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । शिखरले रु. २ अर्ब ३२ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, बीमाशुल्क संकलन गर्ने बिषयमा सगरमाथा दोस्रो नम्बरमा रहेको छ । उक्त कम्पनीले रू. १ अर्ब ६० करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको नेकोले भने रु. १ अर्ब ४९ करोड बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

समिक्षा अवधीमा यस बाहेक सिद्धार्थ, प्रिमियर र एनएलजी इन्स्योरेन्सले एक अर्ब भन्दा बढी प्रिमियम उठाएका छन् । जसअनुसार ६ कम्पनीले अर्ब भन्दा बढी प्रिमियम उठाएको देखिन्छ । 
यस्तै, नयाँ कम्पनीमा अजोड इन्स्योरेन्स राम्रो देखिएको छ । अजोडले ५६ करोड बीमाशुल्क संकलन गरेको छ ।  साथै, जनरल इन्स्योरेन्सले रु. ३९ करोड र सानिमाले २५ करोड बीमाशुल्क संकलन गरेको छ । 

कुन कम्पनीको कति बीमाशुल्क 

६ बर्ष अगाडि

प्रतिक्रिया