लककडाउन अवधिभर तरकारीको अभाव भइरहेको बेला दैलेखमा एक किसानले भने निःशुल्क तरकारी बाँडिरहेका छन्।
डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर नजिकै रहेको उन्नती एग्रो फर्मका सञ्चालक देवेन्द्र गोदारले झण्डै ८ क्वीन्टल तरकारी निःशुल्क बाँडेका हुन ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि गत मंगलबार देखि नै लकडाउन भएपछि विक्रिमा समस्या भएको छ ।
यातायात, व्यापार, व्यवसाय ठप्प हुँदा दैलेखका विभिन्न स्थानमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने समुदाय खाद्यान्नको अभाव झेलिरहेका छन्।
यस्तो अबस्थामा बारीमा लटरम्म फलेको तरकारी बिक्री वितरणमा समस्या भएपछि उनले बारीमै आएर निःशुल्क रुपमा तरकारी लैजान सर्वसाधरणहरुलाई आग्रह गरेका हुन्।
‘कर्णाली प्रदेश सरकार र दैलेखका सबै स्थानीय तहलाई फर्ममा उत्पादित तरकारी लिएर तरकारी अभाव भएको स्थानका सर्वसाधरणहरुलाई बाँड्न पटक–पटक आग्रह गरे, तर कहिँ कतैबाट सुनुवाई भएन्,’ गोदारले भने ‘ठुलो मात्रामा फलेको तरकारी कुहिएर फाल्नुभन्दा निःशुल्क बाड्नु नै बेस।’
मेहनत गरेर फलाएको तरकारी कुहिएर खाल्डोमा गाड्नु भन्दा निस्शुल्क वितरण गरे विपद्को समयमा नागरिकलाई राहत हुने उनको भनाई छ। उनले चार वर्ष देखि व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन्। २५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको गोदारले जानकारी दिए।
प्रतिक्रिया