काठमाडौं – बीमा समितिले निर्जीवन तथा पुनर्बीमा बीमा कम्पनीका लागि बीमांकीय मुल्यांकन निर्देशिका जारी गरेको छ । आर्थिक बर्ष २०७६÷७७ देखि लागू हुने गरि समितिले उक्त निर्देशिका जारी गरेको हो । जसअनुसार त्यस्ता कम्पनीहरुले चालु आवको बीमांकीय मुल्यांकन गर्दा सोही अनुसार गर्नुपर्ने हुन्छ ।
समितिले नयाँ निर्देशिका मार्फत बीमांकीय मल्यांकन गर्ने अवधी घटाएको छ । निर्देशकाअनुसार निर्जीवन र पुनर्बीमा कम्पनीले आर्थिक बर्ष सकिएको ४ महिनामा नै बीमांकीय मुल्यांकन गरेर त्यसको प्रतिवेदन समितिमा बुझाउनुपर्ने छ । पहिलो यो अवधी १० महिनाको थियो ।
प्रतिक्रिया