कोरोना भाइरसको बढ्दो प्रकोपबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधीमा पनि जीवन बीमा कम्पनीहरू बन्द नहुने भएका छन् ।
बीमा सेवा पनि अत्यावश्यक सेवामा पर्ने भएपछि जीवन बीमक संघले यस्तो निर्णय गरेको हो ।
जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेको अध्यक्षतामा आइतबार बसेको बैठकले कम्पनीको सेवा सुचारु गर्दा कोरोनाबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीलाई पर्ने सक्ने असरलाई न्यूनीकरण गर्न स्वास्थ्य सम्बन्धी आधारभुत सुरक्षाका उपायहरु पनि अवलम्बन गर्ने निर्णय गरिएको छ ।
साथै, कर्मचार र सेवाग्राहीको स्वास्थ्यलाई नकरात्मक असर नपर्ने गरि न्यूनतम कर्मचारीबाट निरन्तर बीमा सेवा उपलब्ध गराउने व्यवस्था पनि जीवन बीमा कम्पनीहरुले गर्नुपर्ने बताइएको छ ।
यस्तै, संघले बीमा अभिकर्ताको इजाजतपत्र नविकरण गर्ने अवधी हाललाई थप गर्नका लागि बीमा समिति समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
चैत मसान्तभित्र अभिकर्ताहरुले आफ्नो इजाजतपत्र नविकरण गरिसक्नुपर्ने हुन्छ ।
अहिले कोरोनाका कारणले बाहिर निस्कन ग्राहो हुने भएका कारण हाललाई उक्त म्याद थप गर्नुपर्ने संघको भनाइ छ ।
प्रतिक्रिया