एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

६ बर्ष अगाडि

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरमा आवेदन दिने  समयाअबधी थप गरेको छ ।कम्पनीले हकप्रद्र शेयरमा २७ गते सम्म समय थप गरेको हो ।

कम्पनीले गत फागुन २२ गतेदेखि १० बराबरको ६ अनुपातमा प्रतिशेयर १०० अकित रुपैयामा ३८ लाख ४२  हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन बिक्री खुल्ला गरेको हो । पहिले कम्पनीले चैत्र १२ गते समयका लागि आबेदन दिने व्यवस्था गरेको थियो ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले माघ २७ गते बुकक्लोज गरेसगैँ माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र  हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन ।

कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया