एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको चैत १० गते बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ६७४ रुपैयाँ कायम गरेको छ।
यस्तै कम्पनीको गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा बोलाएको छ ।
कम्पनीको साधारण सभा चैत २६ गते सिटी स्क्वाएर पार्टी प्यालेस, न्यूरोड, पोखरामा बिहान ११ बजेदेखि हुनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको हुनाले चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया