कोरोना भाइरसको विरुद्ध सुरक्षा सतर्ककताका लागि सरकारले आजदेखि नेपाललाई ‘लक डाउन’ गरेको छ ।
चीन र भारतसंग जोडिएका सीमा नाका, लामो दुरीका सवारी साधन र सबै अन्तराष्ट्रिय उडानहरु बन्द गरिएकोले नेपाल ‘लक डाउन’ भएको हो ।
शुक्रबार प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए ।
सोही अनुसार गएरातीदेखि अन्तराष्ट्रिय उडान बन्द गरिएका छन् ।
प्रधानमन्त्री ओलीले १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने घोषणा पनि गरेका थिए ।
त्यस्तै आईतबार मन्त्रीपरिषदको बैठकले चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको थियो ।
तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।
प्रतिक्रिया