काेराेना संक्रमण भएकाे भनेका रूंगटालाई कोरोना संक्रमण नभएको पुष्टि

६ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण भएको भनेर हल्ला गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । 

भारतीय टेलिभिजन च्यानलले समाचार प्रशारण गरेको आशंकमा नेपालको न्यूट२४ टेलिभिजनले कोरोना भएको अफवाह फैलाएपनि उनलाई कोरोना पुष्टि नभएको अस्पत्तालले जनाएको हो । 

केहीदिनअघि गण्डक अस्पत्तालले कोरोनाको लक्षण देखिएको भन्दै भारतको बिहार पठाएको र पटना अस्पताल भर्ना गरिएका उनलाई कोरोना नभएको पुष्टि भएको हो ।  

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताएकाे कान्तिपुरले लेखेकाे छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया