सरकारले कर्मचारीहरुले छुट्टी नपाउने प्रष्ट पारेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको हो ।
कोरोनाको जोखिम बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले बिदा पाउने कि नपाउने भन्ने अन्योल कर्मचारीहरुमा बढेको थियो ।
मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए ।
‘केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ’, मन्त्री खतिवडाले भने ।
प्रतिक्रिया