भारतीय सञ्चारमाध्यमले काेराेना संक्रमण भएकाे भनेका नेपालीलाई संक्रमण पुष्टि नभएको अस्पत्तालको भनाई

६ बर्ष अगाडि

भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमण भनेर समाचार व्यक्त गरेको विरगंजका व्यापारीलाई संक्रमणको पुष्टि भइनसकेको पटना मेडिकल कलेजले जनाएको छ । 

ति बिरामीको उपचार भईरहेको पटना मेडिकल कलेज बिहारका प्रिन्सिपल प्रा.डा. विद्यापति चौधरीले उनको परिक्षको रिपोर्ट आउन बाँकी रहेको बताए । 

डा. चौधरीले बिरामीको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएको र विस्तृत रिपोर्ट आउन दुई/तीन दिन लाग्ने उनले बताएको अनलाइनखबरले लेखेको छ।

भारतीय सञ्चारमाध्यमले नेपालका उद्योगी समेत रहेका ति व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको दावी गरेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार अधिकारीले समेत ति व्यक्तिका परिवारका सदस्यले ति व्यक्तिलाई कोरोना भएको बताएको जानकारी दिएका थिए । 

उनी केहीदिन अघिमात्र दिल्लीबाट वीरगंज फर्केपछि विरामी परेका थिए । त्यसपछि वीरगंजकै गण्डक अस्पतालमा भर्ना भएका उनलाइ अस्पतालले काेराेनाकाे शंका गरेर थप परिक्षणका लागि भारतकाे पटना पठाएकाे थियाे । 

६ बर्ष अगाडि

प्रतिक्रिया