सरकार भन्छ : कर्मचारी कार्यलय जानुस, सेवाग्राही नआउनुस्

६ बर्ष अगाडि

कर्मचारीहरु कार्यालयमा पुगेर आन्तरिक काम गर्ने भएकोले सेवाग्राहीलाई कार्यालयमा गएर भिडभाड नगरीदिन सरकारले आग्रह गरेको छ । 

अहिले कर्मचारीले रेकर्डहरु राख्ने, मिलाउने गर्ने भएकोले सेवाग्राहीलाई कार्यालयमा आएर भिडभाड नगर्न आग्रह गरेको कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिका सदस्य सचिव नारायण विडारीले बताए ।

सरकारले आजदेखि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने तर सरकारी कार्यालयहरु खुल्ने भनेपनि सेवाग्राहीलाई सेवा दिने नदिने भन्ने विषयमा कर्मचारीहरुले  अन्यौलता प्रकट गरेका थिए । 

‘सेवाग्राहीलाई हामीले तपाइँहरुलाई केही दण्ड जरिवाना लाग्दैन, पछि आउँदा पनि कुनै विलम्ब शुल्क तिर्नुपर्दैन त्यसैले कार्यालयमा गएर भिडभाड नगरीदिनुस भनेको हो’, प्रधानमन्त्री कार्यालयका सचिव समेत रहेका विडारीले आजको अर्थसँग भने, ‘कर्मचारीहरु कार्यालयमा गएर आन्तरिक ‘रेकर्डहरु मेण्टेन’ गर्ने र अफिसको आन्तरिक काम गर्ने भनिएको छ ।’

उनले कोभिड १९ बाट सुरक्षित रहनका लागि जनतालाई सकेसम्म घरबाट बाहिर ननिस्कन र सुरक्षित रहन पनि आग्रह गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया