सप्तकोशी डेभलपमेन्ट बैंकले साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ ६८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने साधारण सभा आह्वान गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ बैंकले चैत १० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्नेछ।
चैत ९ गतेदेखि दोस्रो बजारको कारोबार बन्द हुने भएकाले चैत ६ गते सम्म कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागि हुन सकनेछन।
कम्पनीको१२ औँ वार्षिक साधारण सभा चैत ३० गते उद्योग संगठन मोरङ, तिनपैनी, विराटनगरमा बिहान १०ः३० बजे हुनेछ।
प्रतिक्रिया