सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो साधारण सभा स्थगित गरेको छ ।
बिश्वभर कोरोना भाइरस फैलिरहेका बेला सरकारले उच्च सर्तकता अपनाउदै २५ जना भन्दा बढि भेला नहुन भनेपछि विशेष साधारण सभा स्थगित गरिएको हो ।
कम्पनीले इन्टरनेशनलले सहयोगी विकास बैंकलाई १०० बराबर ९१.९५ शेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव गर्नै साधारण सभा बोलाएको हो ।
कम्पनीले चैत्र १० गते साधारण सभा बोलाएको थियो अब अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको बताएको छ।
प्रतिक्रिया