सहयोगी विकास बैंक लिमिटेडले आफ्नो वार्षिक साधारण सभा स्थगित गरेको छ ।
बिश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ महामारीको रुपमा फेलिएकाले त्यसबाट सङक्रमण फैलन नपाओस भनेर सरकारले उच्च सतर्कता अपनाउदै २५ जना भन्दा बढि भेला नहुन भने पछि सो साधारण सभा स्थगित गरीएको हो ।
कम्पनीले सिटिजन्स बैंक इन्टरनेशनलमा १०० बराबर ९१.९५ शेयर स्वाप रेसियोमा विलय हुने, १८.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा बोलाएको हो ।
कम्पनीले आफ्नो सोह्रौँ वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको थियो ।कम्पनीले अब अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको बताएको छ।
प्रतिक्रिया