प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध परे चार उजुरी

७ बर्ष अगाडि

काठमाडौँ–प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । 
समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएका हुन् । 
सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए । 
उनले भने “तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन् । शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’ 
उजुरी सार्वजनिकपछि समितिले पहिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । सुनुवाइ सकिएपछि समितिले अनुमोदन हुने वा नहुनेबारे निर्णय लिनेछ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया