काठमाडौं – नोटबाट पनि कोरोना भाइरस सर्ने सम्भावना भएपछि बैंक तथा वित्तिय संस्थाहरूले विद्युतिय कारोबार गर्न ग्राहकलाई अनुरोध गरेका छन् । साथै, बैंक तथा वित्तिय संस्थाको शाखा कार्यलयहरुमा भिडभाड नगर्न पनि उनीहरूको अनुरोध छ ।
नोटको सट्टा विद्युतिय कारोबार गर्न अनुरोध गर्दै बैंकहरुले विद्युतिय कारोबार गर्दा लाग्ने कुनै पनि शुल्क नलिने भएका छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा एक विज्ञिप्ती जारी गर्दै यस सम्बन्धी लाग्ने सबै शुल्क हाललाई नलिने जानकारी गराएका हुन् । अर्काे सुचना नआएसम्म यो सुविधा कायम रहने बताइएको छ ।
विज्ञप्तीअनुसार इन्टरनेट÷मोवाइल लगायत बिभिन्न माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क लाग्ने छैन । साथै, एक बैंक तथा वित्तिय सस्थाको कार्ड अर्काे कुनै बैंकको एटीएम बुथमा प्रयोग गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । साथै, नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएसको सेवामा पनि शुल्क नलाग्ने बताइएको छ ।

प्रतिक्रिया