सीआईटीको सबैभन्दा बढी लगानी नै बैंकमा, पुर्वाधार क्षेत्रमा न्यून

६ बर्ष अगाडि

काठमाडौं – नागकिर लगाानी कोष (सीआईटी) पुससम्म बिभिन्न क्षेत्रमा रू. १ खर्ब ३८ अर्ब ५५ करोड भन्दा बढी पैसा लगानी गरेको छ । बिभिन्न कोषमा भएको रकमलाई कोषले बैंक निक्षेप, पुर्वाधार लगायतमा क्षेत्रमा लगानी गरेको हो । कोषको  विभिन्न बचत योजना तथा कोषमा रू. १ खर्ब ५७ अर्ब १३ करोड छ ।
प्राप्त तथ्यांकअनुसार कोषको लगानी रकम करिब २२ प्रतिशतले बढेको देखिन्छ । कोष गत आवको पुससम्म रू. १ खर्ब १३ अर्ब ८३ करोड लगानी गरेको थियो । गत असारसम्म त्यो रू. १ खर्ब २४ अर्ब ८७ करोड पुगेको थियो । 
कोषको कुल लगानीमध्ये सबैभन्दा धेरै लगानी बैंकको निक्षेपमा नै रहेको छ । कोषले बैंकको निक्षेपमा रू. ८६ अर्ब २६ करोड लगानी गरेको छ । साथै, कोषले सहभागीहरूलाई रु. २७ अर्ब ९ करोड सापटी दिएको छ । बिशेष गरि सहभागी ग्राहकहरूले घर बनाउन यस्तो कर्जा लिने गरेका छन् ।
यस्तै, कोषले बिभिन्न कम्पनीको शेयरमा रू. ९ अर्ब ७३ लाख लगानी गरेको छ । यस्तै, नेपाल सरकारको ऋणपत्रमा कोषले ६० करोड लगानी गरेको छ ।
कोषले पुर्वाधारको क्षेत्रमा भने रु. १७ अर्ब ८५ लगानी गरेको छ । कोषले नेपाल एयरलाइन्सको वाइड बडी खरिद गर्न १२ अर्ब लगानी गरेको छ । यस्तै, अपर तामाकोशी जलविद्युत आयोजना  र जनक शिक्षा सामग्रीमा पनि कोषको लगानी रहेको छ । थप राम्रो आयोजना आए भने आफुहरू लगानी गर्न तयार रहेको कोषका उच्च अधिकारीहरू बताउँछन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया