काठमाडौं – चालु आर्थिक वर्षको माघ मसान्त सम्म बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ६.३ प्रतिशतले बढेको छ ।
गत आवको माघ मसान्त सम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप रू. ३० खर्ब ८५ अर्ब ७ करोड १७ लाख थियो । सो रकम चालु आवको माघसम्म आउँदा त्यो रू. ३५ खर्ब ६३ अरब ६४ करोड २८ लाख पुगे्को छ । माघ मसान्त सम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप गत वर्षको तुलनामा ४ खर्ब ७८ अर्ब ५७ करोड ११ लाखले बढी हो ।
बैंक तथा वित्तिय संस्थाहरुका विभिन्न खाताहरुमध्ये सबैभन्दा बढी निक्षेप व्यक्तिगत खातामा रहेको छ । व्यक्तिगत खाताको निक्षेप ७.७ प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म रू. १६ खर्ब ६६ अर्ब ९७ करोड ७० लाख रहेको व्यत्तिगत खाताको निक्षेप अहिले बढेर १९ खर्ब ३२ अरब १३ करोड २७ लाख पुगेको छ । बैंक तथा वित्तिय संस्थाहरुका विभिन्न खाताहरुमध्ये सबैभन्दा कम निक्षेप स्थानिय सरकारको खातामा रहेको छ । गत वर्ष ४० अर्ब ९१ करोड १ लाख रहेको स्थानिय सरकारको निक्षेप ७.३ प्रशितले बढेर ४९ अर्ब ७८ करोड ११ लाख पुगेको छ ।
गैर बैंक तथा वित्तिय संस्थाहरु अन्तरगत बिमा कम्पनीको गत वर्षको तुलनामा ११.४ प्रतिशतले बढेर २ खर्ब ५५ अर्ब ३३ करोड ३ लाख , कर्मचारी सञ्चय कोषको ११.९ प्रतिशतले बढेर ९४ अर्ब ८७ करोड ७५ लाख, नागारिक लगानी कोषको ९ प्रतिशतले बढेर रू. ७८ अर्ब ५३ करोड ७७ लाख र अरु गैर बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ११.५ प्रतिशतले बढेर ज्ञ. १ खर्ब ७१ अर्ब ९३ करोड ७१ लाख पुगेको छ ।
सरकारी निकायहरुको निक्षेप गत वर्षको तुलनामा ६.४ प्रतिशतले बढेर ३ खर्ब २५ अर्ब ९६ करोड ५६ लाख पुगेको छ ।
त्यस्तै गैर सरकारी निकायहरुको निक्षेप गत वर्षको तुलनामा १४ प्रतिशतले घटेको छ । गत वर्ष २ खर्ब ४४ अर्ब ३२ करोड ९१ लाख रहेको निक्षेप यस वर्ष घटेर ज्ञ. २ खर्ब ३७ अर्ब ११ करोड ३३ लाख रहेको छ ।
बैंक तथा वित्तिय संस्थाहरु अन्तरगत गैर मुनाफा संस्थाहरुको निक्षेप गत वर्षको तुलानामा ५.६ प्रशितले बढेर १ खर्ब २३ अर्ब ९६ करोड ६९ लाख रहेको छ । अन्य विविध संस्थाहरुको माघ मसान्त सम्मको निक्षेप ७४ अर्ब ७३ करोड ४१ लाख रहेको छ ।
प्रस्तुतीः प्रमिला भण्डारी
प्रतिक्रिया