एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको चैत ७ गते शुक्रबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ३२० रुपैयाँ कायम गरेको छ।
यस्तै कम्पनीको गत आवको मुनाफबाट १७.१० प्रतिशतका दरले बोनस शेयर र सोकोकर प्रयोजनार्थ ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी चैत २० गते साधारण सभा बोलाएको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुकक्लोज गरेअनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया