कोरोनाको प्रभाव: दुई कम्पनीको साधारण सभा स्थगित

६ बर्ष अगाडि

अपि पावर कम्पनी र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको साधारण सभा स्थगित भएको छ।

कोरोना भाईरक कोभिड–१९ महामारीको रुपमा फैलिएकोले सरकारको निर्देशन बमोजिम साधारण सभा स्थगित गरिएको हो। 

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने भनि निर्णय  बमोजिम साधारण सभा स्थागित गरिएको कम्पनीले जनाएको छ।

अपि पावर कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट, माइतीघरमा बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको थियो  ।

त्यस्तै, सेञ्चुरीले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा  बोलाएको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया