स्वीजरल्याण्डले दियो नेपाललाई २ अर्ब

७ बर्ष अगाडि

काठमाडौं–स्वीजरल्याण्डले नेपाललाई करिव २ अर्ब आर्थिक सहायता उपलब्ध गराएउने घोषणा गरेको छ । 

अर्थ सचिव राजन खनाल र नेपालका लागि स्वीजरल्याण्डका राजदुत इलिजाबेथ भोन क्याप्लरबीच नेपाललाई करिव २ अरव आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो सहायता नेपालको श्रमिक प्रवास परियोजनामा खर्च गरिने उल्लेख गरिएको छ । सो आर्थिक सहायता नेपालको ३७ वटा जिल्लामा खर्च गर्ने व्यवस्था पनि मिलाइएको अर्थ मन्त्रालयका सचिव खनालले जानकारी दिए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया