१७९.२२ % ले बढ्यो बैदेशिक लगानी, ७ महिनामा कति लगानी भित्रियो ?

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक ७ महिनामा प्रत्यक्ष बैदेशिक लगानी १७९.२२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकले बैदेशिक लगानी बढेको देखाएको हो । 
राष्ट्र बैंकको तथ्यांकअनुसार माघसम्म रु. १४ अर्ब ३८ करोड प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । यो गत आव सो अवधीको भन्दा ९ अर्ब भन्दा बढीले धेरै हो । गत आवको माघसम्म रू. ५ अर्ब १५ करोड मात्रामा बैदेशिक लगानी आएको थियो ।
यो सात महिनामा आएको विदेशी लगानी गत आव बर्षभर आएको बैदेशिक लगानी भन्दा पनि बढी हो । गत आवमा रू. १३ अर्ब ७ करोड विदेशी लगानी आएको थियो । 
सरकारले गत बर्ष नेपाल लगानी सम्मेलन गर्यो । साथै, लगानी सम्बन्धी थुप्रै नीतिगत परिमार्जन गर्यो । फलस्वरुप चालु आवमा बैदेशिक लगानी बढेको हो । नेपालमा चीन, अमेरिका, जापान लगायतका मुलुकबाट होटेल, उर्जा, सिमेन्ट उद्योगमा बैदेशिक लगानी आउने गरेको छ । 

तर, अबका दिनमा भने बैदेशिक लगानी घट्न सक्ने देखिएको छ। नेपालम चीन, अमेरिका, जापान लगायतका मुलुकबाट नै लगानी आउने हुन् । तर, कारोनाका कारण ती मुलुकहरुको अर्थतन्त्रमा संकट आउन लगोको छ । फलस्वरुप अबका दिनमा विदेशी लगानी घट्न सक्ने बताइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया