आज सुरुवात देखि नै ओरालो लागी रहेको नेप्से परिसुचक ४.०८ अंकले घटेको छ ।
आज १२५५.०६ को बिन्दुबाट सुरु भएको नेप्से कारोबारको दोस्रो घण्टा सम्म आइपुग्दा १२५१.७२ को बिन्दुमा आइपुगे्को छ ।
आज कारोबारको दोस्रो घण्टा सम्म आउँदा परिसुचक ०.३२ प्रतिशतले घटेको छ ।
अहिले सम्म कारोबारमा आएका १५६ कम्पनीको १७ लाख ५३ हजार कित्ता शेयर बिक्री हुदाँ ६३ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, हाल सम्म कारोबारमा आएका कम्पनीहरु मध्ये एनआईसी एसिया बैंकले ४ करोड ४५ लाख बराबरको करोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया