कोरोना भाइरसको प्रकोपलाई मध्येनजर गर्दै विहीबारदेखि हुने भनिएको एसईई परिक्षा सरकारले बुधबार अकस्मान स्थगन गरेपनि विद्यार्थीहरू निरास भएका छन् ।
अध्ययन यात्राको एउटा फलामे गेटको रुपम लिइने एसईई परिक्षा दिन विद्यार्थीहरू सोमबारदेखि नै परिक्षा केन्द्र आसपासका होटेलमा पुगिसकेका थिए ।
तर, सरकारले अनिश्चित कालिन रूपमा नै परिक्षा स्थगित गरेपछि विद्यार्थीहरु निराश हुँदै घर फर्किन थालेका छन् ।
विद्यार्थीहरूले परिक्षाका लागि बर्षभरी मिहेनत गरेका थिए । तर, अन्तिम चरणमा सरकारले परिक्षा स्थगित भएपछि विद्यार्थीहरु चिन्तितसँगै आक्रोसित पनि भएका छन् ।
परिक्षा सकेपछिका लागि बिभिन्न योजना बनाइसकेका विद्यार्थीहरू परिक्षा कहिले हुने भनेर टुंगो नहुँदा थप अन्योलमा परेका छन् । यसका अलावा विभिन्न सास्ती पनि खेप्नु परेको बताइएको छ ।
परिक्षा दिने केही विद्यार्थीहरू परिक्षा स्थगित भएपछि आफुहरु अन्योलमा परेको बताए । ‘न परिक्षा कहिले हुन्छ भनेर टुंगो छ, न त कोरोना भाइरसको प्रकोप कहिले सकिन्छ भनेर टुंगो छ ।
यो अवस्थामा न पढ्न मन लाग्न न अरु केही गर्न नै,’ एक विद्यार्थीले बताए । साथै, परिक्षा दिन केन्द्र सम्म आइपुगेका दुर्गम ठाउँका विद्यार्थीहरूलाई पनि घर फर्किन कठिनाई भएको बताइएको छ ।
यसैबीच एसइइ परिक्षा स्थगित भए पछि निराश हुदै प्युठानको गौमुखी मा . बि ठुलाबेशी केन्द्रबाट गन्तव्य तिर फर्कदै विद्यार्थीहरुको तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ । यी तस्वीरहरू फेसबुक साभार गरिएको हो ।




प्रतिक्रिया