नबिल बैंक लिमिटेडले कर्जा तथा निक्षेपको लागी ब्याजदर घोषणा गरेको छ ।
बैंकले आज एक सुचना जारी गर्दै आजै बिहिबादेखि लागु हुनेगरी ब्याजदर घोषणा गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खातामा ३.२५ देखि ५.२५ सम्म ब्याज दिने छ । बैंकले जेनरल बचत, नारी बचत, बाल बचत जस्ता खातामा ३.२५ प्रतिशत ब्याजदर, तलब बचत खातामा ४ प्रतिशत, सुपर बचत खाता, प्रिमियर बचत खाता लगायतका खातामा ४.७५ प्रतिशत र सेयरहोल्डर बचत खाता, नबिल कर्मचारी बचत खातामा ५.२५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।
त्यस्तै मुद्दति खाताहरुमा भने ७ देखि ९.२५ सम्म ब्याजदर तोकेको छ । ३ महिना देखि ६ महिना मुनिसम्मको व्यक्तिगत मुद्दति खातामा ७ प्रतिशत, ३ महिना र सो भन्दा माथि संस्थागत मुद्दति खातामा ८.५० प्रतिशत र ६ महिना वा सो भन्दा मथि व्यक्तिगत मुद्दति खातामा ९.२५ प्रतिशतका दरले ब्याजदर निर्धारण गरेको छ भने संचयी मुद्दति खातामा एक वर्षका लागी ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यसबाहेक बैंकले कर्जा दिदाँ कर्जाको प्रकार अनुुसार सबै कर्जामा आधार दर सहित १०.०२ देखि १४.५२ सम्म ब्याज लिने छ । हाल बैंकको आधारदर ८.०२ रहेको छ ।
बैंकले घर कर्जामा ५ प्रतिशत, शैक्षिक कर्जामा ५.५० प्रतिशत र व्यक्तिगत ओभरड्राफमा ६ प्रतिशतका दरले प्रिमियम तोकेको हो ।
प्रतिक्रिया