कारोबारको पहिलो घण्टा: ५ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ४.८४ अकंले घटेको छ ।

आज १२५५.०६ को बिन्दुबाट शुरु भएको नेप्से एक घण्टाको अबधीमा १२४९.९६ को बिन्दुमा आइपुगेको छ ।

आज ११ बजे १२५५.०६ को बिन्दुबाट शुरु भएको कारोबार १२ बजे सम्म आउँदा त्यो परिसुचक ०.३९ प्रतिशतले घटेको छ ।

अहिले सम्म कारोबारमा आएका १४५ कम्पनीको ७ लाख ९० हजार कित्ता शेयर बिक्री हुदाँ २८ करोड २९ लाखको कारोबार भएको छ ।

त्यस्तै, हाल सम्म कारोबारमा आएका कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ११ लाखको कारोबार गदै पहिलो स्थानमा रहेको छ ।
भने नेपाल बैंक लिमिटेडले १ करोड ७५ लाखको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ।

त्यस्तै,एनआइसिए एसिया बैकले १ करोड ६९ लाखको कारोबार गर्र्दै तेस्रो स्थानमा रहि कारोबार गरीरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया