विदेशी पर्यटक मार्फत भित्रियो ४९ अर्ब

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ७ महिनामा विदेशी पर्यटक मार्फत हुने आम्दानी १५ प्रतिशतले बढेको छ । माघसम्म विदेशी पर्यटक मार्फत रू. ४९ अर्ब आम्दानी भएको छ, जुन गत आवको सो अवधीको भन्दा रू. ६ अर्ब ४० करोडले बढी हो । गत आवको माघसम्म विदेशी पर्यटक मार्फत रु. ४२ अर्ब ६० करोड आम्दानी भएको थियो ।
तर, अबका दिनमा भने विदेशी पर्यटक मार्फत हुने आम्दानी घट्ने देखिएको छ । कोरोना भाइरसबाट बच्न सरकारले ५५ मुलुकका नागरिकलाई नेपाल आउने रोक लगाइसकेको छ । साथै, कोरोना त्रासले विश्व पर्यटन क्षेत्र नै प्रभावित भएको छ । नेपालको पर्यटकीय क्षेत्र पनि सुनसान भएका छन्, जसअनुसार अबको दिनमा भ्रमण आय घट्न सक्ने बताइएको छ ।
यस्तै, नेपाली पर्यटकले विदेशमा भ्रमण खर्च गर्ने पैसा भने २१.१ प्रतिशतले घटेको छ । समिक्षा अवधीमा भ्रमण र अध्ययनका नाममा रु. ४३ अर्ब ६० करोड नेपालदेखि बाहिरीएको छ ।। यसमध्ये अध्ययन तर्फ भने रु. २१ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च रू. ५५ अर्ब २८ करोड रहेकोमा शिक्षा तर्फको खर्च भने रु. २८ अर्ब ६६ करोड रहेको थियो ।
नेपाल राष्ट्र चालु आर्थिक बर्षमा बैदेशिक भ्रमण र बैदेशिक अध्ययनमा दिने नोट सटही सुविधामा कडाई गरेको थियो । फलस्वरुप यसमार्फत बाहिरी रकममा ह्रास आएको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया