सिद्धार्थ बैँक लिमिटेडले घोषणा गर्याे नयाँ ब्याजदर

६ बर्ष अगाडि

काठमाडौँ - सिद्धार्थ बैँक लिमिटेडले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आज एक सुचना जारी गर्दै बैँकले  आजै देखी लागु हुनेगरी नयाँ ब्याज सार्वजनिक गरेको हो । 

नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खाताहरुमा५.५ प्रतिशत देखी ६.५ प्रतिशत सम्म ब्याज दिने छ । बैँकले सिद्धार्थ बचत खाता, सिद्धार्थ बाल बचत खाता, सिद्धार्थ नारी बचत खाता जस्ता खातामा ५.५ प्रतिशत ब्याजदर ,सिद्धार्थ सजिलो बचत खाता ,सिद्धार्थ जिवा बचत  खाता लगायतका खातामा ६.५ प्रतिशत ब्याजदर  दिने  घोषणा गरेको छ । 

त्यस्तै ,मुद्दति खाताहरुमा भने ८..५ देखी ९.२५ सम्म ब्याजदर तोकेको छ ।३ महिना वा सो भन्दा माथिको मुद्दतिखाताहरुमा संस्थागत रुपमा ८.५ प्रतिशत र व्यक्तिगत रुपमा ९.२५ प्रतिशतका दरले बैँकले ब्याजदर निर्धारण गरेको छ । 

यसबाहेक बैँकले कर्जा दिदाँ कर्जाको प्रकार अनुुसार  आधार दर सहित १२.०४ प्रतिशत देखि १६.९ प्रतिशत सम्म ब्याज लिने छ । हाल बैँकको आधारदर १०.०४ रहेको छ । 

बैँकले घर कर्जा ,गाडि कर्जा लगायतका सबै कर्जाका लागि बैँकले ५ प्रतिशतका दरले प्रिमियम तोकेको हो  । 

६ बर्ष अगाडि

प्रतिक्रिया