एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्नै आज अन्तिम दिन रहेको छ ।
कम्पनीले बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुकक्लोज गर्नेछ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागि हुन सक्नेछन ।
कम्पनीले गत आवको मुनाफाबाट १७.१० प्रतिशतका दरले बोनस शेयर र सो बापतको कर प्रयोजनार्थ ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा समेत आह्वान गरेको छ ।
कम्पनीको साधारण सभा चैत २० गते हुनेछ ।कम्पनीले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।
प्रतिक्रिया