कोरोनाका कारण स्थगीत भयो एसईई परीक्षा

६ बर्ष अगाडि

कोभिड १९ (कोरोना भाईरस) को जोखिमका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईई० स्थगित गरेको छ । 

चैत ६ गतेदेखि तोकिएको परिक्षा तत्कालका लागि स्थगीत गरिएको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । 

यसअघि दिउँसोमात्रै समितिले हरेक परीक्षाकेन्द्रमा हेल्थडेस्क राखेर एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले परीक्षा स्थगीत गर्ने निर्णय भएकाे जानकारी गराएका थिए । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको बताए । 

तत्कालका लागि परीक्षा स्थगीत गरिएपनि पुनः कहिले गर्ने भन्नेबारे भने सरकारले निर्णय गरेको छैन ।

यस वर्ष एसईई दिने करिब ५ लाख भन्दा बढी विद्यार्थीले छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया