एनआईसी एशियाका ग्राहकले पाए १५ उपचार खर्च

६ बर्ष अगाडि

 एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई औषधी उपचार बीमाबापत रू १५ लाख प्रदान गरेको छ । 

बैंकले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई घातक रोगहरूको बीमा सुविधाअन्तर्गत सो रकम प्रदान गरेको हो ।

ओपन हर्ट सर्जरी गरेका उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हिजो मंगलबार १५ लाख रकम बराबरको चेक हस्तान्तरण गरे् । 

महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोलेका थिए ।

बैंकले अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूलाई बीमा वापतको रू ८७ लाख भन्दा धेरै रकम दिइसकेको छ ।

बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकहरूले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन । 

सो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा पाउने बैंकले जनाएको छ ।

औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया