काेराेनाबिरूद्ध सरकारकाे कडा कदम : युरोप, पश्चिम एसिया र खाडीबाट नेपाल आउन रोक, मनोरञ्जनस्थलहरु बन्द

६ बर्ष अगाडि

सरकारले युरोप पश्चिम एसिया तथा खाडी लगायतका मुलुकबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण उच्चस्थतरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया तथा जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबैयात्रुलाई पर्सी शुक्रबार (२० मार्च) देखि प्रतिवन्ध लगायने निर्णय गरेको हो । 

कोरोनाबाट सुरक्षाका लागि सरकारले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्वब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लवहरुलाई ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो । 

त्यस्तै सांस्कृतिक र सामाजिक स्थलहरु पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायत धार्मिक तथा सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला गर्न बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया