नेप्सेमा १६ अंकको गिरावट हुदाँ कारोबार रकम पनि घट्यो

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १६ अंकले घटेको छ । 

११ बजे  १२७२.१२ को बिन्दु बाट सुरु भएको कारोबार २ बजेर ४६ मिनेट जादाँ  १४.८५ अंकले बढेर १२८६.९७ को बिन्दुमा पुगेको थियो  । 
तर कारोबारको अन्तिम समयमा  कारोबार १६.२६ को अंक (१.२८प्रतिशत )ले घटेर १२५५.८० को बिन्दुमा पुगेको हो । 

 आज दिनभरीमा १७२ कम्पनीको ३४  लाख कित्ता शेयर १५ सय पटक खरिद बिक्रि हुँदा १ अर्बको कारोबार भएको छ । 

कारोबारमा आएका १२ उपसमुह मध्ये व्यापार समुहको कारोबार ३.२ प्रतिशतले बढेको छ भने अन्य ११ को कारोबार हिजोको तुलनामा घटेको छ । 

कारोबार घटेका उपसमुह मध्ये  सबैभन्दा धेरै नन् लाइफ इनस्योरेन्स  २.१२ अंक, लाइफ इन्स्योरेन्स १.९९ अंक , बेकिंङ्१.४१ अंक ,होटेल १.२५ अंकले ओराले लागेको छ ।  

त्यस्तै , आज कारोबारमा आएका सबै कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले ९ करोडको कारोबार गरेर उच्च स्थानमा छ भने  ८ करोडको कारोबार गरेको एनआइसी एसीया दोस्रो स्थानमा छ । 

आज  ३१ कम्पनीको शेयरमुल्य बढेको छ भने ११० कम्पनीको शेयरमुल्य घटेको छ । 

जसमध्ये जनउत्थान सामुदायिक विकास बैँक को शेयरमुल्य सबैभन्दा धेरै बढेको छ । बैँकको 
शेयरमुल्य ९.९६ अथवा १४२ रुपैँयाले बढेर १५ सय ७७  रुपैँया पुगेको छ । तर शेयरमुल्य बढेका कम्पनीमध्ये  बोट्लर नेपाल लिमिटेडको शेयर मुल्य सबैभन्दा धेरै (६६००) छ । 

त्यस्तै ,सबैभन्दा धेरै शेयरमुल्य घट्ने कम्पनी  बिशाल बजार कम्पनी लिमिटेड रहेको छ । कम्पनीको शेयरमुल्य ६.०२ प्रतिशत अथवा १०२ रुपैँयाले घटेर १५९१ पुगेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया