श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

६ बर्ष अगाडि

श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् । 

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश जारी भएको हो । 

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुपरेको अधिकारीहरुले जनाएका छन् । 

कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया