नेपालमा हाल ८।५ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा रहेको छ ।
नेपाली बैंकहरुमा २०७६ माघ मसान्तमा रु.१०९६ अर्ब ६८ करोड विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ६४ करोड हो ।
राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७६ र ७७ को छ महिनासम्मको आयातलाई आधार मान्दा सो विदेशी मुद्राले ८।५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु मात्रै आयात गर्ने हो भने ९.७ महिनाको लागि पुग्ने छ ।
गतवर्षको अन्त्यसम्म रु।१० अर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ७ महिनाको अवधिमा ५.६ प्रतिशतले वृद्धि भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रु.९४७ अर्ब २४ करोड र अन्य बैंक तथा वित्तीय संस्था सँग रु.१४९ अर्ब ४४ करोड छ ।
नेपालमा रहेको विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्रबैंकको तथ्यांक छ ।
यो अवधिमा विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनमा ३१.७ प्रतिशत, अनुमानित वार्षिक आयातमा ७०.८ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग २९.० प्रतिशत प्रतिशत रहेको छ ।
प्रतिक्रिया