अझै ७ स्थानिय तहमा पुगेन्न बैंक

६ बर्ष अगाडि

-काठमाडौं

नेपालका अझैं सात स्थानिय तहमा बैंक शाखा पुग्न नसकेको तथ्याङक सार्वजनिक भएको छ  । 
७ सय ५३ स्थानिय तहमध्ये गत माघ सम्म ७ सय ४६ तहमा मात्र वाणिज्य बैंकका शाखा बिस्तार भएको नेपाल राष्ट्र बैंकले तथ्याङक सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले  सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को सात महिनाको  आर्थिक तथा वित्तीय स्थिति अनुसार गत माघ मसान्त सम्म प्रदेश १ मा कुल १३७ स्थानिय तहमध्ये १३६ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ ।

त्यस्तै प्रदेश २ मा १३६ स्थानिय तहमध्ये १३६ स्थानिय तहमा नै वाणिज्य बैंकको शाखा पुगेको छ  । 

यसैगरी बागमती प्रदेशमा ११९ स्थानिय तहमध्ये ११७, गण्डकी प्रदेशमा ८५ स्थानिय तहमध्ये ८४, प्रदेश ५ मा १०९ स्थानिय तहमध्ये १०९ , कर्णाली प्रदेशमा ७९ स्थानिय तहमध्ये ७८ र सुदुर पश्चिम प्रदेशमा ८८ स्थानिय तहमध्ये ८६ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् ।

गत माघ मसान्तसम्म यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था १ सय ६४ रहेको छन । जसमध्ये वाणिज्य बैंक २७ रहेका छन् । त्यस्तै विकास बैंक २४, वित्त कम्पनी २२, लघुवित्त वित्तीय संस्था ९० र पूर्वाधार विकास बैंक १ रहेका छन् ।

गत वर्ष असार मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाको शाखाको  संख्या ८ हजार ६८६ रहेको थियो भने माघ मसान्त सम्म आइपुग्दा ९ हजार ५५० पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया