चालु आर्थिक बर्षमा बचतमा देखिएको मुलुकको शोधनान्तर स्थिति पछिल्लो महिना घट्न थालेको छ ।
नेपाल राष्ट्र बैँकले बुधबार सार्वजनिक गरेको देशको चालु आर्थिक बर्षको आर्थिक प्रतिवेदन अनुसार अघिल्लो महिनाको तुलनामा शोधनान्तर स्थिति घटेको हो ।
पुष महिनामा शोधनान्तर स्थिति रु .२६ अर्ब ६५ करोडले बचत भएकोमा पुष महिनाको तुलनामा समिक्षा अवधिमा रु.५ अर्ब ४ करोडले घाटा भएको हो ।
मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थिति भनिन्छ ।
राष्ट्र बैँकका अनुसार समीक्षा अवधिमा चालु खाता घाटा रु.११२ अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१६६ अर्ब ६७ करोड रहेको थियो ।
अमेरिकी डलरम ाअघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेकोचालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ ।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.८ अर्ब ३१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३८ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १५करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा रहेको राष्ट्र बैँकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको छ ।
प्रतिक्रिया