आज नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३५.४६ अकंले घटेको छ ।
आज १२७२.१२ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक दुई घण्टाको अबधीमा आउँदा १२३६.३१ को बिन्दुमा आएको छ ।
कारोबारको शुरुवातमा बढेको नेप्से पुन ओरालो लाग्दै २.७९ प्रतिशतले घटेको छ ।
हालसम्म कारोबारमा आएका १५८ कम्पनीको १६ लाख ६४ हजार कित्ता शेयर बिक्री हुदा ५५ करोड ६५ लाख ९९ हजारको कारोबार भएको छ ।
त्यस्तै अहिले सम्म कारोबार गरेका कम्पनी मध्य एन आई सि एसिया बैंकले ४ करोड ५९ लाख को कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
भने नेपाल लाइफ इन्स्योरेन्सले ४ करोडको कारोबार गर्दै दोस्रो स्थानमा छ ।भने एनएमबि बैंकले २ करोड ४५ लाखको कारोबार गर्दै तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया