बेस्ट फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक , कुनमा कति ?

६ बर्ष अगाडि

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले कर्जा तथा निक्षेपको लागी ब्याजदर घोषणा गरेको छ । 
कम्पनीले आज एक सुचना जारी गर्दै आजै बुधबारदेखी लागु हुनेगरी ब्याजदर घोषणा गरेको हो । 

नयाँ ब्याजदर अनुसार फाइनान्सले बिभिन्न बचत खातामा ८ देखी ८.५० सम्म ब्याज दिने छ । फाइनान्सले साधारण बचत खाता, जेनरल बचत खाता जस्ता खातामा ८ प्रतिशत ब्याजदर ,सिनियर नागरिक बचत खाता ,बाल बचत खाता लगायतका खातामा ८.२५ प्रतिशत ब्याजदर र सुपर बचत खातामा ८.५० प्रतिशत ब्याजदर दिने  घोषणा गरेको छ । 

त्यस्तै ,मुद्दति खाताहरुमा भने १०.२५ देखी १०.५० सम्म ब्याजदर तोकेको छ ।३ महिना देखी २३ महिनासम्मको मुद्दतिखातामा १०.२५ प्रतिशत र २ बर्ष देखी ५ बर्ष सम्मको मुद्दतिखातामा १०.५० प्रतिशतका दरले फाइनान्सले ब्याजदर निर्धारण गरेको छ । 

यसबाहेक फाइनान्सले कर्जा दिदाँ कर्जाको प्रकार अनुुसार सबै कर्जामा आधार दर सहित १६.९८ प्रतिशत सम्म ब्याज लिने छ । हाल फाइनान्सको आधारदर १३.९८ रहेको छ । 

फाइनान्सले घर कर्जा ,कृषि कर्जा लगायतका सबै कर्जाका लागि बैकले ३ प्रतिशतका दरले प्रिमियम तोकेको हो  । 

६ बर्ष अगाडि

प्रतिक्रिया